युनाइटेड इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

विहीबार, २० फागुन २०७७, १० : ४६

काठमाडौं- एक्सेल डेभलपमेण्ट बैंकको स्वामित्वमा रहेको युनाइटेड इन्स्योरेन्स कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज (बिहीबार) अन्तिम दिन रहेको छ । 

कम्पनीले युनाइटेड इन्स्योरेन्स कम्पनीको ९५ हजार ६४९ कित्ता शेयर शेयर लिलामीमा विक्री खुला गरेको हो ।

युनाइटेड इन्स्योरेन्स कम्पनीको रू।२९८ तोकिएको छ । 

शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ता र सो वा सोभन्दा माथि १० अंकले  भाग जाने गरी सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिन सक्ने कम्पनीले बताएको छ ।

विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले फागुन ६ गतेदेखि  कम्पनीको उक्त शेयर लिलामीमा विक्री खुला गरेको थियो । 

विहीबार, २० फागुन २०७७, १० : ४६

प्रतिक्रिया