काठमाडौं - भोलि दुई कम्पनीको साधारण सभा हुँदै छ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र कर्णाली डेभलपमेण्ट बैंकको साधारण सभा हुने भएको हो ।
फरवार्ड माइक्रोफाइनान्सको साधारण सभा कम्पनीको केन्द्रिय कार्यालय सुनसरीमा बिहान ११ बजे हुने संस्थाले जनाएको छ ।
साभाले गत आवको मुनाफाबाट प्रस्ताव गरेको २५ प्रतिशत बोनस शेयर र ६ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, कर्णाली डेभलपमेण्ट बैंकले दुई आवको साधारण सभा गर्दै छ । सभा मेरो प्लानेट नेपालगञ्जमा बिहान १० बजे बाट हुने बैंकले जनाएको छ ।
सभाले आव २०७४/७५ र आव २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।
प्रतिक्रिया