एजेन्सी - क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य फेरी बढेको छ । बुधबार बिटक्वाइनको मूल्यमा ५ प्रतिशतले बढ्दा प्रतिबिटक्वाइन ५० हजार ९४२ डलर ५८ सेन्ट पुगेको छ ।
अघिल्लो दिनको तुलनामा बिटक्वाइनको मूल्य २ हजार ४२६ डलर २३ सेन्टले बढेको हो ।
गत जनवरी ४ मा २७ हजार ७३४ डलर रहेको बिटक्वाइनको मूल्य त्यसयता ८३.७ प्रतिशतले बढेको छ । गएको फेब्रुअरी २१ मा बिटक्वाइनको मूल्य अहिलेसम्मकै उच्च अर्थात् ५८ हजार ३५४ डलर १४ सेन्ट पुगेको थियो ।
त्यसपछि भने मूल्यमा गिरावट आएको थियो । टेस्ला तथा माइक्रोस्ट्राटेजीलगायतका कम्पनीले बिटक्वाइनमा अर्बौँ डलर लगानी गरेसँगै बिटक्वाइनको मूल्य अकासिएको हो ।
बिटक्वाइन एक डिजिटल करेन्सी हो । यसलाई क्रिप्टोकरेन्सी पनि भन्ने गरिन्छ । यसको कुनै रङ वा भौतिक स्वरुप हुँदैन ।
यसलाई मात्र प्राविधिक रुपमा कुनै कम्प्युटर तथा इन्टरनेटमा राख्न सकिन्छ । यसलाई नियन्त्रण गर्ने कुनै देश तथा संस्थान नहुने हुँदा बिटक्वाइनद्वारा केही समान खरिदबिक्री तथा पैसा आदानप्रदान गर्न बैंक जस्तो तेस्रो पक्षको आवश्यकता पर्दैन ।
प्रतिक्रिया