काठमाडौं- चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा विकास बैंकको नाफा १८ प्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त माघ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । नेपालमा हाल १९ वटा विकास बैंक रहेका छन् ।
माघ मसान्तसम्म १९ विकास बैंकले ३ अर्ब ७८ करोड रुपैंया बराबरको खुद नाफा कमाएका छन् । गत आवको सोही अवधीसम्म विकास बैंकहरुले ३ अर्ब २० लाख रुपैंया बराबरको खुद नाफा कमाएको थियो । जुन रकम गत आवको तुलना ५८ करोड ५ लाख रुपैंया बराबरले बढी हो ।
यस्तै चालु आवको पुस मसान्तसम्म विकास बैंकहरुले ३ अर्ब ७ करोड रुपैंया बराबरको खुद नाफा कमाएको थियो । चालु आवको एक महिनामा विकास बैंकहरुको नाफा ७ करोड रुपैंया बराबरले बढेको छ ।
प्रतिक्रिया