मोलुङ हाइड्रोपावरको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

विहीबार, २० फागुन २०७७, १७ : ०६

काठमाडौं- मोलुङ हाइड्रोपावर कम्पनीले बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले ३५ करोड ३१ लाख बराबरको ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्न सनराइज क्यापिटललाई नियुक्त गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र ओखलढुंगाका बासिन्दाका लागि ८ लाख २ हजार ५ सय कित्ता र सर्वासाधारणको लागि २७ लाख २८ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गर्ने लागेको हो ।

सम्झौता पत्रमा  कम्पनीका सञ्चालक अमृतकुमार महर्जन र सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
 

विहीबार, २० फागुन २०७७, १७ : ०६

प्रतिक्रिया