मोरङका गोरखा डिपार्टमेन्ट स्टोरमा एनआईसीको  क्यूआर भुक्तानी सेवा

विहीबार, २० फागुन २०७७, १८ : ३६

एनआईसी एसिया बैंकले पूर्वी नेपालमा पनि क्यूआर भुक्तानी सेवाको सुरुवात गरेको छ । नगदरहित कारोबारलाई विस्तार गर्दै देशभर सहज डिजिटल कारोबारको प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले विगत दुई दशकदेखि मोरङ जिल्लास्थित विराटचोक तथा पथरी, सुनसरी जिल्लाको इटहरी र झापा जिल्लाको दमक गरी चार स्थानमा सेवा सञ्चालन गरिरहेकोे गोरखा डिपार्टमेन्ट स्टोरमा क्यूआर भुक्तानी सेवा सुरु गरेको हो ।

बैंकका अनुसार ४ वटै शाखामा एकै पटक क्यूआर सेवा सुरु गरिएको छ । त्यसका लागि बैंकको तर्फबाट प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिष्टम प्रकाशचन्द्र अधिकारी र स्टोरका तर्फबाट महाप्रबन्धक बलराम आचार्यले बिहीवार सम्झौता गरेका छन् ।

बैंकले सजिलो अकाउन्टसँगको सहकार्यमा डिपार्टमेन्ट स्टोरको बिलमै फोन पेको क्यूआर कोड आउने नवीनतम प्रणालीको सुरुवात गरेको छ । यसमार्फत कम्प्युटरको स्क्यानमै क्यूआर कोड स्क्यान गरी उपभोक्ताले खरिद रकम भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

विहीबार, २० फागुन २०७७, १८ : ३६

प्रतिक्रिया