खुल्यो ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ

३ बर्ष अगाडि

काठमाडौं - आजबाट ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ  खुला भएको छ । 

शुरुमा फागुन २३ गते आइतवारबाट आईपीओ निष्कासको मिति तोकिए पनि मिति परिर्वतन भइ आजबाटै निष्कासन गर्न लागेको हो ।

कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको छ । यसमध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्तानै म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओमा फागुन २६ गतेसम्म आवेदन दिन सकिन्छ । आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।  

हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ । आइपीओ बिक्री गरिसकेपछि पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया