नेपाल बैंकले माग्यो झण्डै २ सय कर्मचारी

शुक्रबार, २१ फागुन २०७७, ०८ : १६

काठमाडौँ – नेपाल बैंक लिमिटेडमा भारी संख्यामा कर्मचारीको माग गरेको छ । 

बैंकले सहायक प्रबन्धक, सिएतर्फ सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायकहरू गरी १ सय ९२ कर्मचारीको माग गरेको छ ।

लोक सेवा आयोगको सहमतिअनुसार बैंकको स्वीकृत दरबन्दीका आधारमा रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन मागिएको बैंकले जनाएको छ ।

चैत १२ गतेसम्म अनलाइन दरखास्त पेश गर्ने समय तोकिएको छ । तह ६ सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको तथा तह ४ सहायक र तह ३ कनिष्ठ सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ । 

महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने छ ।


 

शुक्रबार, २१ फागुन २०७७, ०८ : १६

प्रतिक्रिया