महालक्ष्मी विकास बैंकको साधारण सभा चैत १३ मा, लाभांश प्रस्ताव कति ?

शुक्रबार, २१ फागुन २०७७, ०९ : ५२

काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेडले चैत १३ गते उन्नाइसौँ वार्षिक साधारण सभा बोलाएको छ ।

भा बैंकको रजिष्टर्ड कार्यालय, दरबारमार्गमा बिहान १० बजु शुरु हुनेछ। सो सभामा भर्चुअल माध्यमबाट पनि सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७६र७७ को मुनाफा तथा सञ्चित रकमबाट हाल कायम चुक्ता पूँजीको ८.८० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार् ०.४६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। 

सो सभाले बैंकको शेयर संरचना परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने, प्रबन्धपत्र तथा नियमावरी संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले चैत ३ गते बुकक्लोज गर्ने भएको छ। 

शुक्रबार, २१ फागुन २०७७, ०९ : ५२

प्रतिक्रिया