एभरेष्ट इन्स्योरेन्सले ८.४२ प्रतिशत लाभांश वितरण गर्दै

३ बर्ष अगाडि

काठमाडौं- एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश  वितरण गर्न लागेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४२ प्रतशित नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ रहेको छ। ८ प्रतिशत बोनस शेयर वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब १८ करोड ३६ लाख ४ हजार ४०० रुपैयाँ पुग्नेछ।

३ बर्ष अगाडि

प्रतिक्रिया