काठमाडौं - रिलायन्स फाइनान्स लिमिटेडले लाभांशको घोषणा गरेको छ ।
फागुन २० गते सम्पन्न भएको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५३ प्रतशित नगद लाभांश गरी कुल १०.५३ प्रतशित लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ ।
हाल फाइनान्सको चुक्ता पूँजी ८३ करोड २४ लाख १६ हजार ६३ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया