डिप्रोक्स लघुवित्तले पायो लाभांश वितरणको स्वीकृत

३ बर्ष अगाडि

काठमाडौं - डिप्रोक्स लघुवित्तले वित्तीय संस्था लिमिटेडले प्रस्तावित लाभांशको स्वीकृत पाएको छ । नेपाल राष्ट्र बैंकले प्रस्तावित लाभांश वितरणको स्वीकृत दिएको हो । 

यो सँगै लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई बितरण गर्नका लागि प्रस्ताव गरेको बोनस तथा नगद लाभांश बितरण गर्ने बाटो खोलिएको छ । 

अब लघुवित्तले साधारण सभाबाट लाभांश अनुमोदन गराएर शेयरधनीको खातामा जम्मा गराउनेछ ।

लघुवित्तको गत गत माघ २८ गते बसेको सञ्चालक समितिका बैठकले गत आर्थिक वर्षको कमाईबाट १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी २० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया