कोरोना बीमाको दावी भुक्तानी साढे ४ अर्ब, कतिले पाए भुक्तानी ?

३ बर्ष अगाडि

काठमाडौं - कोरोना बीमामा हालसम्म ४८ हजार भन्दा बढी आवेदकले दावी भुुक्तानी पाएका छन् । बीमा समितिले शुक्रबार सार्वजनिक गरेका पछिल्लो तथ्यांकले यस्तो देखाएको हो । 

शुक्रबारसम्म ४८ हजार ६९ जनाले दावी भुक्तानी पाएका छन् । रकमका आधारमा उनीहरुले ४ अर्ब ६६ करोड ३० लाख दावी भुक्तानी भएको छ । 

यस्तै, ४८२ ओटा आवेदन भने दावीका लागि अयोग्य देखिएको छ । डुब्लीकेशन, डुब्लीकेट आवेदनहरु दावीका लागि अयोग्य देखिएका हुन् । 

कोरोना बीमामा हालसम्म ८४ हजार ८७४ ओटा पुर्ण कागजपत्र सहितको दावी आवेदन आएको छ । त्यसमा यतिकाले दावी भुक्तानी पाएका हुन् ।  यसका अलावा ३ हजार ११२ आवेदन दावी भुक्तानीको स्वीकृतिको प्रक्रियामा छ ।

यस्तै, बीमा पुलले पछिल्लो पटक २२ हजार २८८ ओटा आवेदन प्रमाणिकरणका लागि स्वास्थय मन्त्रालय पठाएका थियो । त्यसमा ११ हजार ३४२ ओटा आवेदन स्वीकृति भएको छ भने १० हजार ९४६ ओटा आवेदन पेन्डिङमा रहेको छ । 

यस्तै पीसीआर रिपोर्ट मन्त्रालयमा पठाउनका लागि ४ हजार २३३ ओवदन तयार गरिएको छ । यसतै, कागजपत्र पुरा नभएपछि ३ हजार ६३९ ओटा आवेदन बीमा कम्पनीहरुमा पठाइएको छ । 

नेपालमा कोरोना संक्रमण हुन थालेपछि गत बैशाखदेखि कोरोना बीमा कार्यक्रम सुरु गरिएको थियो । नेपालमा अनेपेक्षित रुपमा कोरोनाको संक्रमण फैलिएपछि यसमा दावी पनि व्यापाक मात्रामा आएको थियो । यसरी व्यापाक रुपमा दावी आएपछि बिगतमा बीमा कम्पनीहरुले दावी भुक्तानीमा ढिलाई पनि गरेका थिए । तर, पछिल्लो समय भने यसको दावी भुक्तानी फास्ट ट्रयाक्कमा भएको थियो । 

यसमा साढे ३ अर्ब भन्दा माथिको दावी भुक्तानीको दायित्व नेपाल सरकारको रहेको छ । त्यो अनुसार साढे ३ अर्ब भन्दा माथिको भुक्तानी सरकारले गर्नुपर्ने हुन्छ । यद्यपि, हाल बीमा कम्पनीहरुले नै यसको दावी भुक्तानी गरेका छन् । त्यो रकम पछि नेपाल सरकारबाट सोधभर्ना हुनेछ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया