सम्पन्न भयो एनआईबिएल एस क्यापिटलको 'एक नेपाली एक डिम्याट खाता' अभियान

३ बर्ष अगाडि

काठमाडौं - एनआईबिएल एस क्यापिटल लिमिटेडले निशुल्क घरदैलो डिम्याट खाता अभियान सम्पन्न गरेको छ । 

नेपाल धितोपत्र बोर्डको अभियान 'एक नेपाली एक डिम्याट खाता' अन्तर्गत क्यापिटलले निशुल्क घरदैलो डिम्याट खाता अभियान सम्पन्न गरेको हो ।
 
क्यापिटलले “एक नेपाली एक डिम्याट खाता” अभियान अन्तर्गत ललितपुरको घुसेल बागमती गाउँपालिका वडा नं १ मा सम्पन्न गरेको छ ।

 प्रत्येक नेपालीको पूँजीबजारमा सहभागिता होस भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको क्यापिटलले जनाएको छ । 

यस अभियानमा नेपाल इन्भेष्टमेन्ट बैंकको लगनखेल शाखाको समेत संलग्नता रहेको थियो ।
 
 

३ बर्ष अगाडि

प्रतिक्रिया