काठमाडौं - नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज हुँदैछ ।
माघ १८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार चौँधौँ वार्षिक साधारण सभा उद्योग संगठन मोरङको सभाहल विराटनगरमा बिहान ११ बजेबाट सुरू हुँदै छ ।
सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ८ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
साथै संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।
प्रतिक्रिया