काठमाडौं - नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अवितरित हकप्रद सेयरहरु लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ ।
बैंकले यसअघि आफ्ना लगानीकर्तालाई माघ १३ देखि फागुन ३ गते सोमबारसम्म एक कित्ता सेयर बराबर एकको अनुपातमा ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
जसअन्तर्गत संस्थापक समूहतर्फको १५ हजार ९ सय ७४ कित्ता र सर्वसाधारण समूहतर्फको कित्ता (२:१ को अनुपातमा निष्काशन गर्दा बाँकी रहेको ११६ कित्ता सेयर समेत) सेयरहरूमा आवेदन नपरेकोले उक्त सेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो ।
लगानीकर्ताहरुले उक्त सेयरमा चैत ३ गतेदेखि चैत १० गतेसम्म न्यूनतम एक सय कित्तादेखी अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया