ज्योति लाइफको आइपीओमा एकैदिन २ लाख ८८ हजा बढिको आवेदन

शनिबार, २२ फागुन २०७७, ११ : ००

काठमाडौं - ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा पहिलो दिन २ लाख ८८ हजार बढील आवेदन दिएका छन् ।

शुक्रबार साँझ ६ बजेसम्ममा २ लाख ८८ हजार ५५५ जना लगानीकर्ताले ७३ करोड ८५ लाख ५९ हजार रुपैयाँ बराबरको ७३ लाख ८५ हजार ५९० कित्ताको लागि आवेदन दिएका हुन् । 

यो सर्वसाधारणको लागि माग गरिएको ५९ लाख ४० हजार कित्ता भन्दा धेरै हो । कम्पनीले हिजोबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता आइपिओ  निश्कासन  तथा बिक्री खुल्ला गरेको हो । 

जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ ।

उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको छ ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताको लागि  छिटोमा फागुन २६ गते र ढिलोमा चैत्र ६  गतेसम्म आवेदन दिन सक्नेछन् ।
 

शनिबार, २२ फागुन २०७७, ११ : ००

प्रतिक्रिया