प्रभु बैंकद्वारा मन्दिरलाई क्यू आर कोड हस्तान्तर

शनिबार, २२ फागुन २०७७, १४ : ४३

काठमाडौं - प्रभु बैंकले तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई संकलित भेटी तथा दक्षिणालाई डिजिटल प्रविधि मार्फत व्यवस्थापन गर्ने हेतुले क्यू आर कोड हस्तान्तर गरेको छ । 

फेवातालको बिचमा रहेको बाराही मन्दिरमा आज विहान एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले क्यू आर कोड हस्तान्तर गरेका हुन् ।
 
यो सुविधा सँगै मन्दिरमा भक्तजनहरूले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेशन मार्फत सजिलै दान गर्न सक्नेछन् । 

नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोवार र नगद रहित कारोबारलाई बढावा दिने उद्देश्यका साथ उक्त सेवाको सुरुवात गरिएको बैंकले जनाएको छ । 

शनिबार, २२ फागुन २०७७, १४ : ४३

प्रतिक्रिया