काठमाडौं - महालक्ष्मी विकास बैंकले लाभांश वितरण गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७६/०७७ को शेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको हो ।
विहीबार बसेको सञ्चालक समितिको बैठकले ८.८० प्रतिशतका दरले बोनस शेयर तथा ०.४६ नगद लाभांश कर प्रयोजनको लागि गरी जम्मा ९.२६ प्रतिशत वितरण गर्ने निर्णय गरेको हो ।
कोरोना महामारीलाई ध्यानमा राख्दै बैंकको साधारण सभा २०७७ चैत्र १३ गते भर्चुवल माध्यमबाट गर्ने बैंकले जनाएको छ । प्रस्तावित लाभांश साधारण सभाबाट पारित भए पश्चात् शेयरधनीहरुलाई वितरण गरिने छ ।
प्रतिक्रिया