काठमाडौं - कोरोना बिमाको भुक्तानी ५६ प्रतिशतले पाएका छन् । बिमा समितिका अनुसार शुक्रबारसम्म ८४ हजार ८ सय ७४ जना सर्वसाधारणले दाबी भुक्तानीका लागि आवश्यक कागजात पूरा गरेका गरेका हुन् ।
त्यसमध्ये ४८ हजार ६९ जनाले ४ अर्ब ६६ करोड ३० लाख रुपैयाँबराबरको भुक्तानी पाएका छन् । भुक्तानी हुन बाँकी दाबीमध्ये ३ हजार १ सय १२ वटा स्वीकृतिको प्रक्रियामा रहेको छ ।
त्यस्तै १० हजार ९ सय ४६ वटा दाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले छानबिन गरिरहेको, ४ हजार २ सय ३३ वटा दाबी महाशाखामा पठाउने तयारीमा रहेका छन् ।
१४ हजार ३ सय ९३ दाबीउपर छानबिन भइरहेको र ३ हजार ६ सय ३९ वटा दाबी भुक्तानी कागजपत्र अपुग भएका कारण कम्पनीमा फिर्ता पठाइएको तथा ४ सय ८२ वटा दाबी भने भुक्तानी योग्य नरहेको समितिले जनाएको छ ।
प्रतिक्रिया