चैत १ गतेदेखि ग्लोबल आइएमई बैंकको ऋणपत्र निष्कासन हुदैँ

आइतबार, २३ फागुन २०७७, ०९ : ३३

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडको १० वर्षको अवधिको ऋणपत्र चैत १ गतेदेखि निष्कासन हुने भएको छ । बैंकले रू ३ अर्ब बराबरको ३० लाख कित्ता ८.५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६र८७’ निष्कासन गर्न लागेको हो ।

बैंकले निष्कासन गर्ने कुल कित्तामध्ये रू. १ अर्ब ८० करोड बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी रहेको रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा विक्री गर्न लागेको हो । सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ । 

ऋणपत्रको विक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि(आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्कासन गर्न लागेको उक्त ऋणपत्रमा छिटोमा चैत ४ गते र ढिलोमा चैत १६ गतेसम्म आवेदन दिन सकिनेछ । 
 

आइतबार, २३ फागुन २०७७, ०९ : ३३

प्रतिक्रिया