प्रभु बैंकको बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा

आइतबार, २३ फागुन २०७७, १० : ०३

काठमाडौं- प्रभु बैंक लिमिटेडले  बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ। बैंकले १० प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो ।

गत पुस २६ गते सम्पन्न बैंकको १९ औँ वार्षिक साधारण सभाले सो दरमा बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

पुस १० गतेपश्चात शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा सो बोनस शेयर क्रमशः जम्मा गर्दै जाने व्यवस्था गरिएको बैंकले जानएको छ। साथै हालसम्म बोनस शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई शीघ्र शेयर अभौतिकीकरण गराई बोनस शेयर प्राप्त गर्न बैंकले अनुरोध गरेको छ।

आइतबार, २३ फागुन २०७७, १० : ०३

प्रतिक्रिया