डिप्रोक्स लघुवित्तको संस्थापक सेयर लिलामीमा आवेनद दिने आज अन्तिम दिन

आइतबार, २३ फागुन २०७७, १२ : १४

काठमाडौं -  डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलामीमा आवेनद दिने आज अन्तिम दिन रहेको छ । 

संस्था २३ हजार ५०० कित्ता संस्थापक सेयर लिलामी खुला गरेको थियो । आइतबार कार्यालय समयसम्म लिलामीको बोलपत्र पेश गर्न सकिन्छ । 

यसमा संस्थापक सेयर खरिद गर्न योग्य व्यक्ति तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । कम्पनीले फागुन ५ गतेदेखि लिलामी खुला गरेको हो ।
 
न्यूनतम प्रतिकित्ता ५०१ रुपैयाँ वो सो भन्दा बढी भाउ कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।  

लगानीकर्ताले न्यूनतम १ हजारदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछ ।

आइतबार, २३ फागुन २०७७, १२ : १४

प्रतिक्रिया