काठमाडौं – चालु आर्थिक बर्षको माघ मसान्तसम्ममा २७ बाणिज्य बैंकको औषत नाफा करिब ४ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त माघ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । यस अवधीमा बैंकको खुद नाफा ३ दशमलव ७० प्रतिशतले घटेको छ ।
माघसम्म २७ बाणिज्य बैंकले रु. ३५ अर्ब ९५ करोड ६० लाख खुद नाफा कमाएका छन् । गत आवको सोही अवधीमा उनीहरुले रु. ३७ अर्ब ३३ करोड ८० लाख खुद नाफा कमाएको थियो ।
गत पुससम्म पनि बाणिज्य बैंकहरुको औषत नाफा घटेको थियो । माघसम्म आउँदा पनि नाफा घट्ने क्रमले निरन्तरता पाएको छ । बिशेषगरि कोरोनाका प्रभावले गत आवको चौथो त्रैमासदेखि बैंकहरुको व्यवसाय प्रभावित हुदैं आएको छ ।
पुससम्म बाणिज्य बैंकहरुले रु। ३० अर्ब ७ करोड नाफा कमाएको थिए । त्यो अनुसार माघ महिनामा मात्र २७ बाणिज्य बैंकले ४ अर्ब ८८ करोड नाफा कमाएका छन् ।
समिक्षा अवधीमा नाफा कमाउने मामलामा ग्लोबल आईएमई बैंक अग्र स्थानमा देखिएको छ । यस अवधीमा बैंकले रु. २ अर्ब ७० करोड खुद नाफा कमाएका छ ।
दोस्रो नम्बरमा भने नविल बैंक रहेको छ । उक्त बैंकले रु. २ अर्ब ३८ करोड खुद नाफा कमाएको छ ।
यस्तै, तेस्रो स्थानमा रहेको प्राइम बैंकले रु. २ अर्ब १२ करोड १४ लाख नाफा कमाएको छ । यसैगरि नेपाल इन्भेष्टमेन्ट बैंकले रु. २ अर्ब १२ करोडको हारहारीमा नाफा कमाएको छ ।
कुन बैंकको कति नाफा ?
प्रतिक्रिया