काठमाडौं - सपोर्ट लघुवित्तले लभांश वितरया नगर्ने भएको छ । यो पटक लघुवित्तको शेयरमा लगानी गरेका लगानीकर्ताको हात खाली हुने भएको हो ।
लघुवित्तले आव २०७६/७७ बाट शेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने भएपछि लाभांशको आश गरेका लगानीकर्तालाई कम्पनीले निराश बनाएको छ ।
लघुवित्तले आफ्नो वार्षिक साधारण सभा आगामी चैत २० बोलाएका छ । साधारण सभा प्रयोजनका लागि लघुवित्तले चैत ६ गते शुक्रबार शेयर दाखिला खारेजी मिति तोकेको छ ।
यसअनुसार चैत ५ गते बिहीबारसम्म कायम लघुवित्तका शेयरधनीले साधारण सभामा प्रतिनिधित्व जनाउन पाउनेछन् ।
प्रतिक्रिया