२ अर्बको क्लवबाट तल झर्यो एनआईसी एसिया बैंक, माघको व्यवसायमा २१ करोड घाटा

आइतबार, २३ फागुन २०७७, १३ : १६

काठमाडौं –  चालु आर्थिक बर्षको माघ मसान्तसम्म आउँदा एनआईसी एसिया बैंकको खुद नाफा नाफा घटेको पाइएको छ । पुस मसान्तको तुलनामा माघ मसान्तमा बैंकको नाफा घटेको पाइएको हो । 
नेपाल राष्ट्र बैंकको माघसम्मको तथ्यांकले यस्तो देखाएको हो । गत पुस मसान्तको तुलनामा माघ मसान्तसम्म आउँदा बैंकको नाफा २१ करोड ३७ लाख रुपैयाँले घटेको छ । 
बैंकले केही समयअघि सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरणमा पुस मसान्तसम्म रु. २ अर्ब ६ करोड ५ लाख खुद नाफा कमाएको देखिन्छ । तर, माघ मसान्तसम्म आउँदा भने त्यो नाफा घटेर १ अर्ब ८४ करोड ६८ लाखमा सिमित भएको छ । त्यो अनुसार माघको मात्रा व्यवसायमा एनआईसी एसिया बैंकले २१ करोड ३७ लाख घाटा बेहोर्नु परेको देखिन्छ । त्यो घाटालाई बैंकले पुससम्म कायम नाफा रकमबाट समायोजन गरेको देखिन्छ । 
 

आइतबार, २३ फागुन २०७७, १३ : १६

प्रतिक्रिया