काठमाडौं - राष्ट्रिय वाणिज्य बैंकले यस वर्षको लागि पारित गरेको लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामा नै उपलब्ध गराउने भएको छ ।
कम्पनीले गत माघ २८ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट २.५० प्रतिशत नगद लाभांश पारित गरेको थियो ।
२७ ओटा वाणिज्य बैंकहरुमध्ये सर्वसाधारणमा शेयर जारी गर्न बाँकी यस बैंकले संस्थापक शेयरधनीहरुका लागि पारित गरेको उक्त लाभांश बैंक खातामै उपलब्ध गराउने भएको हो ।
बैंकका अनुसार शेयरधनीहरुलाई कम्पनीको शाखा कार्यालयहरुमा र शेयर रष्ट्रिारको कार्यालय आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेडमा सम्पर्क राखी बैंकको नाम, खाता नम्बर र सम्पर्क नम्बर सहितको विवरण उपलब्ध गराउनु भएका छ ।
प्रतिक्रिया