काठमाडौं - सिभिल बैंकले एटीएम कार्डको प्रयोग विना नै एटीएमबाट रकम निकाल्न सक्ने प्रविधि ल्याएको छ ।
अब बैंकको मोवाईल बैकिङ एप्लिकेशन ‘सिभिल स्मार्ट’ प्रयोग गरेर सिभिल बैंकको कुनैपनि एटीएममार्फत एटीएम कार्डको प्रयोगै नगरी सजिलै रकम निकाल्न सकिने भएको हो ।
ग्राहकहरुले यस सुविधाको उपयोग एटियम कार्ड हराएको अवस्थामा वा अरु कसैलाई रकम भुक्तानी गर्नुपरेको अवस्थामा समेत गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
यो सेवाको प्रयोग गरी अब ग्राहकहरुले एटीएम कार्ड बोक्नैपर्ने, एटीएम कार्ड हराउने डर आदी झन्झटहरुबाट मुक्त हुने बैंकले जनाएको छ ।
प्रतिक्रिया