सप्तकोशी डेभलपमेण्ट बैंकको साधारण सभा चैत २८ गते

आइतबार, २३ फागुन २०७७, १५ : ४८

काठमाडौं- सप्तकोशी डेभलपमेण्ट बैंकले १३औं वार्षिक साधारण सभा चैत २८ गते हुने भएको छ ।

सभा जीवन विकास समाज कटहरी, मोरङमा   बिहान १०ः३० बजे बाट गर्ने जानकारी गराएको हो । सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

साथै, आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने एक जना महिला सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका चैत १५ गतेदेखि २८ गतेसम्म बन्द रहनेछ । चैत १४ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।

आइतबार, २३ फागुन २०७७, १५ : ४८

प्रतिक्रिया