ज्योति लाइफको आइपीओमा  १२ लाखको आवेदन

आइतबार, २३ फागुन २०७७, १८ : २९


ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा हालसम्म ११ लाख ९८ हजार बढिले आवेदन दिएका छन् ।

हालसम्म  ११ लाख ९८ हजार ८ सय ३५ आवेदकले २ करोड ६४ लाख ३३ हजार ९ सय ८० कित्ताका लागि आवेदन दिएका हुन् । 

आइतबार साँझसम्म कम्पनीको आईपीओमा २ अर्ब ६४ करोड ३३ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । 

शुक्रबारबाट खुलेको कम्पनीको आईपीओमा शुक्रबार नै २ लाख ८८ हजार ५५५ आवेदकबाट ७३ लाख ८५ हजार ५९० कित्ताको लागि आवेदन परेको थियो ।  प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता आइपिओ  निश्कासन  तथा बिक्री खुल्ला गरेको हो । 

जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ ।

उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको छ ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताको लागि  छिटोमा फागुन २६ गते र ढिलोमा चैत्र ६  गतेसम्म आवेदन दिन सक्नेछन् ।

आइतबार, २३ फागुन २०७७, १८ : २९

प्रतिक्रिया