मिर्मिरे लघुवित्तको साधारण सभा चैत १८ गते, लाभांश प्रस्ताव कति ?

सोमबार, २४ फागुन २०७७, ०८ : २८

काठमाडौं- मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडक्ँे चैत १८ गते दशौँ वार्षिक साधारण सभा हुने भएको छ । 

सभा पञ्चकन्या ब्याङ्क्वेट, बनेपा, काभ्रेपलाञ्चोकमा हुने निर्णय भएको छ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांशका साथै एफपिओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न छ।

सभाले हाल कायम चुक्ता पूँजीको ९.१९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४८ प्रतिशत नगद लाभांश वितरण गर्ने  प्रस्ताव पारित गर्नुका साथै, स्वेडा लघुवित्तलाई प्राप्तिपश्चात शेयर संरचना मिलाउन एफपिओ निष्काशन गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।

शोधन गर्न सञ्चालक समितिलाई अख्तियारि दिने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले चैत ८ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्ने भएको छ ।

सोमबार, २४ फागुन २०७७, ०८ : २८

प्रतिक्रिया