सांग्रिला डेभलपमेण्ट बैंकले सुरु गर्‍यो नारी बचत खाता

सोमबार, २४ फागुन २०७७, ०९ : २५

काठमाडौं- सांग्रिला डेभलपमेण्ट बैंकले नारी दिवसको अवसरमा नारी बचत खाताको सुरुवात गरेको छ । 

१८ वर्षको उमेर नाघेका महिलाहरुलाई उच्च ब्याजदरका साथै बचत गर्न प्रोत्साहित गर्नको लागि यो सुविधा ल्याइएको हो ।

यो बचत खाता खोल्ने ग्राहकलाई वार्षिक ५ प्रतिशतका दरले मासिक रुपमा ब्याज भुक्तानी पाउने छन् ।  लकर शुल्कमा पहिलो वर्षको लागि ५० प्रतिशत छुटको व्यवस्थाका साथै मोबाइल बैकिंग तथा भिजा डेबिट कार्ड सुविधा पहिलो वर्षकालागि निस्शुल्क गरिएको छ ।

सोमबार, २४ फागुन २०७७, ०९ : २५

प्रतिक्रिया