नारी दिवस : नबिल इन्भेष्टमेण्टद्वारा महिला लगानीकर्तालाई वार्षिक शुल्कमा पूर्ण छुट

सोमबार, २४ फागुन २०७७, १० : ३४

काठमाडौं - नबिल इन्भेष्टमेण्ट बैङ्किङ लिमिटेडले यही २०७७ सालको नारी दिवसको अवसर पारेर शेयर बजारमा प्रवेश गर्न चाहने महिला लगानीकर्ताहरूलाई लक्षित गरी आफूले लगानी व्यवस्थापन सेवा प्राप्त गरे वापत प्रथम वर्षको लागि लाग्ने वार्षिक शुल्क पूर्ण रुपमा छुट गरेको छ । 

यो योजना अंग्रेजी महिना मार्च अन्तिम सम्म रहने छ । शेयर बजारमा लगानी गर्न इच्छा रहेको तर शेयर बजारको बारेमा ज्ञान नभएका वा अन्य जो कोही महिला लगानीकर्ताहरूले यो सुविधा प्राप्त गर्न सक्न छन् । 

यसरी नै लगानीकर्ताहरू र उद्यमीहरूको हितलाई ध्यानमा राखी अन्तर्राष्ट्रिय स्तरको वित्तीय सेवा तथा इन्भेष्टमेण्ट बैङ्किङ र मर्चेन्ट बैङ्किङ सम्बन्धी सुविधाहरू नबिल इन्भेष्टले पछिल्ला दिनहरूमा सञ्चालनमा ल्याउँदै आएको छ । 

जसमा लगानी तथा प्राइभेट इक्विटी परामर्श, बिजनेश क्लिनिक, सम्भाव्यता अध्ययन, उद्यमी र लगानीकर्ताहरूलाई जोड्ने र सहज र छिटो बैक कर्जा उपलब्ध गराउने उपाय सहित सबै आर्थिक तथा वित्तीय समाधानहरू पर्दछन् । 
 

सोमबार, २४ फागुन २०७७, १० : ३४

प्रतिक्रिया