त्रिनगर कृषि हाटबजार धनगढीमा सनराइज बैंकको क्युआर सेवा सुचारु

सोमबार, २४ फागुन २०७७, ११ : ५५

काठमाडौं - सनराइज बैंकले त्रिनगर कृषि हाट बजार धनगढी कैलालीमा क्यूआर कोडबाट भुक्तानी कार्यको सुरुवात गरेको छ । एक कार्यक्रम मार्फत बैंकले क्यूआर कोड सेवा सरुचारु गरेको हो । 

क्युआर कोड प्रणालीलाई शुभारम्भ गर्दै धनगढी उप–महानगरपालिकाका मेयर निर्प बहादुर वडले बैंक वित्तीय संस्थाहरुको अग्रसरमा सबैले सहयोग गर्नु पर्ने बताएका छन् । डिजिटलबाट भुक्तानी गर्दा सुरक्षित तथा सजिलो हुने हुँदा यो प्रणाली सबैलाई फाइदाजनक रहेको पनि उनले बताए । 

कार्यक्रममा सनराइज बैंकका सुदुर पश्चिम प्रदेशका प्रमुख सुरेन्द्र बहादुर शाहीले डिजिटल भुक्तानी प्रणालीमा सन्राइज बैंकले सबैक्षेत्रकास–साना तरकारी पसल, फलफुल पसल र किराना पसलहरुमा क्युआरकोड लागु गर्दै जाने बताएका छन् । 

सोमबार, २४ फागुन २०७७, ११ : ५५

प्रतिक्रिया