काठमाडौं- नेपाल हाइड्रोपावर कम्पनीले १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितको बैंठकले आफ्ना शेयरधनीहरुलाई १५.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले आव ०७६/०७७ सम्मको मुनाफाबाट हाल कायम चुक्ताँ पुँजीको २६ करोडको प्रतिशत हुन आउने गरी ३ करोड ९० लाख बराबरको बोनस शेयर तथा ०.७८९५ प्रतिशतले हुन आउने २० लाख ५२ हजार रुपैंया बराबरको कर प्रयोजनका लागि नगद लाभांश दिने घोषणा गरेको हो ।
शेयरधनीहरुले आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भएपछि उक्त लाभांश पाउनेछन् ।
प्रतिक्रिया