५ वित्त कम्पनी अझै घाटामा, कुन कम्पनीको घाटा कति ?

सोमबार, २४ फागुन २०७७, १३ : ३०

काठमाडौं – चालु आर्थिक बर्षको माघ मसान्तसम्म आउँदा अझै ५ वित्त कम्पनी घाटामा रहेका छन् । हाल नेपालमा २० वित्त कम्पनी सञ्चालनमा छन्, त्यसमध्ये माघ मसान्तसम्म ५ वित्त कम्पनी घाटामा गएका हुन् । 
घाटामा जाने बैंकहरुमा बेस्ट फाइनान्स कम्पनी, जानकी फाइनान्स कम्पनी, नेपाल फाइनान्स कम्पनी, सि मर्चन्ट र रिलान्यन्स फाइनान्स कम्पनी घाटामा गएका हुन् । 
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । समिक्षा अवधीमा बेस्ट माइक्रोफाइनान्स १२ करोड ७४ लाख रुपैयाँले घाटामा गएको छ । 
यस्तै, जानकी ५ करोड २८ लाख, नेपाल फाइनान्स ७७७ लाख, सि मर्चेन्ट ६६ लाख र रिलायन्स १६ लाखले घाटामा गएको छ । 
 

सोमबार, २४ फागुन २०७७, १३ : ३०

प्रतिक्रिया