माघसम्म विकास बैंकहरुले कमाए ३.७७ अर्ब नाफा, कुनको कति ?

सोमबार, २४ फागुन २०७७, १३ : ५९

काठमाडौं – चालु आर्थिक वर्षको माघ मसान्तसम्म विकास बैंकहरूले ३ अर्ब ७७ करोड रूपैंया बराबरको खुद नाफा कमाएका छन् । नेपालमा हाल १९ वटा विकास बैंक रहेका छन् । उनीहरुले माघ मसान्तसम्म सो बराबरको खुद नाफा कमाएका हुन् । 

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । 
नाफा कमाउने मामलामा मुत्तिनाथ विकास बैंक अग्र स्थानमा देखिएको छ । यस अवधीमा उक्त बैंकले रु. ७२ करोड ७६ लाख नाफा कमाएको छ ।

यस्तै, दोस्रो स्थानमा भने महालक्ष्मी विकास बैंक रहेको छ । उक्त बैंकले समीक्षा अवधीमा ५० करोड ७३ लाख रुपैैंया बराबरको नाफा कमाएको छ । यस्तै, तेस्रो स्थानमा रहेको गरिमा विकास बैंकले ४६ करोड ८४ लाख रुपैंया नाफा कमाएको छ । 

यसैगरी, समिक्षा अवधीमा नाफा कमाउने मामलामा १० बिकास बैंकले १० करोड भन्दा बढी नाफा कमाएका छन् । यसका अलावा ६ बैंकको नाफा करोडको मात्रामा रहेको छ । यस्तै, सबैभन्दा कम नाफा कमाउनेमा कर्पोरेट विकास बैंक रहेको छ । उक्त बैंकले रु. सम्म ५२ लाख रुपैंया बराबर रहेको छ ।

त्यस्तै, यस अवधीमा २ विकास बैंक घाटामा गएका छन् । यसअवधीमा ग्रीन डेभलमेन्ट बैंकले २४ लाख रुपैंया र नारायणी विकास बैंकले १ करोड ३ लाख रुपैंया बराबरको घाटा व्यहोरेका छन् ।

कुन बैंकको कति नाफा ?


 

सोमबार, २४ फागुन २०७७, १३ : ५९

प्रतिक्रिया