काठमाडौं- शिखर इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि (मंगलवार) अन्तिम दिन रहेको छ ।
कम्पनीले शेयरधनीलाई २७.७७ प्रतिशत बोनस शेयर र १.४६ प्रतिशत नगद लाभांश कर प्रयोजनको वितरण गर्ने प्रस्ताव गरेको छ ।
साथै सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
यो प्रस्ताव गर्नका लागि कम्पनीले चैत ९ गते साधारण सभा बोलाएको हो । सभा कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंमा बिहान ११ बजे हुने छ ।
प्रतिक्रिया