काठमाडौं - कामना सेवा विकास बैंक लिमिटडले जारी गरेको ‘९% केएसबिबिएल डिबेन्चर २०८७’ को रजिष्ट्रारमा एनआइबिएल एस क्यापिटल नियुक्त भएको छ ।
बैंक सञ्चालक समितिले उक्त निर्णय गरेको हो । यो संगै अब बैंकको डिबेन्चर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी रोक्का राख्ने लगायतका सम्पूर्ण कार्यहरु एनआइबिएल एस क्यापिटलले गर्ने छ ।
बैंकले गत माघ २२ गतेदेखि फागुन ६ गतेसम्म प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० लाख इकाई डिबेञ्चर जारी गरेको थियो ।
उक्त अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरुमध्येबाट योग्य सर्वसाधारण आवेदकलाई ८ लाख ९९ हजार ३६८ कित्ता ऋणपत्र फागुन १२ गते बाँडफाँड गरेको थियो ।
प्रतिक्रिया