आज कुमारी इक्वीटी फण्डको इकाईमा आवेदन दिने अन्तिम दिन

मंगलबार, २५ फागुन २०७७, ०८ : १८

काठमाडौं - कुमारी इक्वीटी फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । यो इकाई कुमारी बैंकको प्रवद्र्धनमा संचालित कुमारी सामुहिक लगानी कोष अन्तरगत पर्दछ । 

फागुन १४ देखि निष्काशनमा आएको उक्त फण्डको इकाईमा सबै इकाई बिक्री हुन नसकेपछि ढिलो मिति अर्थात फागुन २८ गतेस्म्म लम्बिएको थियो । तर आवश्यक आवेदन परेपछि फागुन २५ गतेभित्रै बिक्री बन्द हुने भएको हो ।

फण्डले सर्वसाधरणका लागि ६८ करोड रुपैयाँ बराबरका ६ करोड ८० लाख इकाईहरु बिक्रीमा राखेको ल्याएको हो । फण्डको आकार ८० करोडको भए पनि बजारबाट संकलित रकमका आधारमा फण्डको आकार २५ प्रतिशतसम्म विस्तार गर्न सकिने व्यवस्था छ ।

अहिलेसम्म परेका आवेदनहरुको आधारमा कुमारी इक्विटी फण्डको आकार १ अर्ब रुपैंयासम्म पुग्नसक्ने बताइएको छ ।

कुमारी सामुहिक लगानी कोष अन्तरगत ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई निष्काशन गरेकोमा कोष प्रवद्र्धक कुमारी बैंकलाई १५ प्रतिशतले हुने १ करोड २० लाख इकाई सुरक्षित गरी बाँकी इकाई सर्वसाधारणमा निष्काशन गरिएको हो ।

मंगलबार, २५ फागुन २०७७, ०८ : १८

प्रतिक्रिया