आज शिखर इन्सुरेन्सको बोनस सेयर सुरक्षित गर्ने अन्तिम दिन

मंगलबार, २५ फागुन २०७७, ०९ : ०१

काठमाडौं - शिखर इन्सुरेन्सको बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले २७.७६५ बोनस सेयर वितरण गर्ने एको हो ।

कम्पनीले बोनसमा लाग्ने कर तिर्न नगद लाभांश पनि दिंदैछ । सभा प्रयोजनका लागि शिखरले फागुन २६ गतेदेखि चैत ९ गतेसम्म बुक क्लोज गर्दैछ । तसर्थ, आज सम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र साधारण सभामा सहभागी हुन पाउनेछन् । 

यसको दुई वर्षको वार्षिक साधारण सभा चैत ९ गते बस्ने भएको छ । यस इन्सुरेन्सले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को साधारण सभा एकैपटक बोलाएको हो । 

साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय शिखर बिज सेन्टर, थापाथली काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले गत असारमा बिक्री गरेको ३०५ हकप्रद सेयरपछि कायम १ अर्ब ३६ करोड रुपैयाँमा यो बोनस सेयर प्रस्ताव गरेको हो ।

मंगलबार, २५ फागुन २०७७, ०९ : ०१

प्रतिक्रिया