मञ्जुश्री फाइनान्सको बोनस शेयर हितग्राही खातामा जम्मा

मंगलबार, २५ फागुन २०७७, ०९ : २०

काठमाडौं- मञ्जुश्री फाइनान्स लिमिटेडले  बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ।

फाइनान्सले १५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको खातामा जम्मा गरेको हो। पुस १४ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हकमा पनि सो बानेस शेयर हितग्राही खातामा नै जम्मा गरिने व्यवस्था गरिएको फाइनान्सले जनाएको छ। सोही कारण हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुले शीघ्र शेयर अभौतिकीकरण गराई बोनस शेयर प्राप्त गर्न फाइनान्सले अनुरोध गरेको छ।
 

मंगलबार, २५ फागुन २०७७, ०९ : २०

प्रतिक्रिया