उन्नति सहकार्य लघुवित्तको १७.८१ प्रतिशत बोनस प्रस्ताव

मंगलबार, २५ फागुन २०७७, ११ : २३

काठमाडौं- उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले १७.८१ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ ।

कम्पनीको हाल कायम चुक्तापूँजी रू.१४ करोड ९५ लाख ३६ हजारको  १७.८१ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

प्रस्तावित बोनस शेयर नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

मंगलबार, २५ फागुन २०७७, ११ : २३

प्रतिक्रिया