मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा नियुक्त

मंगलबार, २५ फागुन २०७७, १२ : ४४

काठमाडौं- मिथिला लघुवित्त वित्तीय संस्थाले सञ्चालकमा मन्दिरा आर्चायलाई नियुक्त गरेको छ ।

योभन्दा अघि सञ्चालक सरोज कुमार सिंहले राजिनामा दिएकाले उक्त रिक्त पदमा फागुन २३ गतेदेखि लागू हुने गरी आगामी साधारण सभा नहुन्जेलसम्मका लागि उनलाई सञ्चालकमा नियुक्त गरेको कम्पनीले बताएको छ ।
 

फागुन २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 
 

मंगलबार, २५ फागुन २०७७, १२ : ४४

प्रतिक्रिया