३ कम्पनीको आईपिओ निष्कासनको लागि धितोपत्र बोर्डमा आवेदन, कुन कम्पनीले कति आईपिओ निष्कासन गर्दै ?

मंगलबार, २५ फागुन २०७७, १७ : ००

काठमाडौं-  नेपाल धितोपत्र बोर्डमा ३ कम्पनीले आईपीओ निष्काशनको लागि आवेदन दिएका छन् । आवेदन दिनेमा आवेदन दिनेमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था लिमिटेड, जीवन विकास लघुवित्त वित्तिय संस्था र सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छन् ।

मनकामना स्मार्टले ३ लाख ८९ हजार कित्ता बराबरको ३ करोड ८९ लाख रुपैंया आईपिओ निष्कासनका लागि बोर्डसंग अनुमति मागेको हो । लघुवित्तको आईपिओ १०० रुपैंया अंकित दरकै हुनेछ । लघुवित्तको आईपिओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडमा रहेको छ । लघुवित्तले यही फागुन १४ गते आइपिओ निष्कासनका लागि बोर्डमा आवेदन दिएको थियो । 
 
यस्तै, जीवन विकास लघुवित्तले १९ लाख ७७ हजार ३ सय कित्ता बराबरको १९ करोड ७७ लाख ३० हजार रुपैंया बराबरको ो निष्कासनका लागि बोर्डसंग अनुमति मागेको हो । लघुवित्तको आईपिओ १०० रुपैंया अंकित दरकै हुनेछ । लघुवित्तको आईपिओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडमा रहेको छ । लघुवित्तले यही फागुन १७ गते आइपिओ निष्कासनका लागि बोर्डमा आवेदन दिएको थियो । 

यसैगरी, सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले ९ लाख कित्ता बराबरको ९ करोड रुपैंया आईपिओ निष्कासनका लागि बोर्डसंग अनुमति मागेको हो । कम्पनीको आईपिओ १०० रुपैंया अंकित दरकै हुनेछ । कम्पनीको आईपिओ निष्कासन तथा बिक्री प्रबन्धक एनएलबिएल एस क्यापिटल लिमिटेडमा रहेको छ । कम्पनीले यही फागुन १७ गते आइपिओ निष्कासनका लागि बोर्डमा आवेदन दिएको थियो । 

मंगलबार, २५ फागुन २०७७, १७ : ००

प्रतिक्रिया