ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा

मंगलबार, २५ फागुन २०७७, १७ : १०

काठमाडौं-  ग्लोबल आइएमई बैंकले  विभिन्न ८ नयाँ स्थानमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ईलामको नेपालटार, सिराहाको बन्दीपुर, रसुवाको थुमन, तनहूँको टुहुरेपसल, कैलालीको मिलनचोक, लमजुङ्गको कोइरालाफाँट, बाँकेको सिमलघारी र अर्घाखाँचीको रतनमारेमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

यी शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २५३ पुगेको छ ।

बैंकले ईलाम १, नेपालटार, सिराहाको कर्जन्हा २, बन्दीपुर, रसुवाको गोसाँइकुण्ड १, थुमन, तनहूँको भानु ११, टुहुरेपसल, कैलालीको जानकी ७, मिलनचोक, लमजुङ्गको सुन्दर बजार १०, कोइरालाफाँट, बाँकेको खजुरा ६, सिमलघारी र अर्घाखाँचीको मालारानी ६, रतनमारेमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएका छन् ।

बैंकले हाल मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७५ जिल्लामा २७० शाखा, २४२ एटीएम, २५३ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्र संचालन गरिरहेको छ ।

मंगलबार, २५ फागुन २०७७, १७ : १०

प्रतिक्रिया