काठमाडौ- चालु आर्थिक वर्षको माघ मसान्तसम्म २० वित्तिय संस्थामध्ये १५ वटा वित्तिय संस्था नाफामा गएका छन् भने ५ वटा संस्थाले घाटा व्यहोरेका छन् । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको वित्तिय विवरणले यस्तो देखाएको हो ।
नाफा कमाउने मामला गोर्खाज फाइनान्स लिमिटेड पहिलो स्थानमा रहेको छ । उक्त फाइनान्सले समीक्षा अवधीसम्म रु.१५ करोड ४० लाख बराबरको खुद नाफा कमाएको छ ।
यस्तै, दोस्रो स्थानमा आइसिएफसी फाइनान्स लिमिटेड रहेको छ । उक्त फाइनान्सले समीक्षा अवधीसम्म रु.११ करोड २२ लाख बराबरको नाफा कमाएको छ । यस्तै तेस्रो स्थानमा मञ्जुश्री फाइनान्स रहेको छ । यो फाइनान्सले सो अवधीसम्म ९ करोड नाफा कमाएको छ ।
यसैगरी, समीक्षा अवधीसम्म नाफा कमाउने मामलमा १३ वटा वित्तिय संस्थाले १ करोड भन्दा बढी नाफा कमाएका छन् । यसका अलावा नेपाल सेयर मार्केट फाइनान्सले रु. ७९ लाख बराबरको नाफा कमाएको छ भने मल्टीपर्पस फाइनान्सले रु. ६६ लाख बराबरको नाफा कमाएका छन् ।
त्यस्तै, यस अवधीमा ५ वित्तिय संस्था घाटामा गएका छन् । यस अवधीसम्म रिलायन्स फाइनान्सले रु १६ लाख, क्यापिटल म्रसेन्ट फाइनान्सले रु. ६६ लाख, नेपाल फाइनान्सले रु ७७ लाख,जानकी फाइनान्ले रु. ५ करोड २८ लाख र बेष्ट फाइनान्सले रु १२ करोड ७४ लाख बराबरको घाटा व्यहोरेका छन् ।
कुन वित्तिय संस्थाको नाफा कति ?
प्रतिक्रिया