काठमाडौं । नेपाल राष्ट्रबैंकको डेपुटी गभर्नरमा नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्र बैंकले सिफारिस गरेका ४ जनामध्येबाट मिश्र र ढुंगानालाई नियुक्त गरेको हो ।
ढुंगाना हाल सार्वजनिक ऋण व्यवस्थापन विभाग प्रमुख र मिश्र विदेशी विनियम विभाग प्रमुख छन् । डेपुटी गभर्नर नियुक्त भएका चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको म्याद गत १९ फागुनमा सकिएपछि ति पद रिक्त थिए ।
आज बसेको मन्त्रीपरिषद बैठको निर्णयले नेपाल राष्ट्र बैंकका गर्भनर सिफारिस गरेका संभावित ४ नाम मध्ये सार्वजनिक ऋण ब्यवस्थापन विभागकी कार्यकारी निर्देशक निलम ढुंगाना ९तिम्लसिना० र विदेशी विनियम व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमवहादुर मिश्र नियुक्त भएका हुन् ।
दुई डिपुटी गर्भनर सहित अनुसन्धान विभागका कार्यकारी निर्देशक तथा प्रवक्ता डा। गुणाकर भट्ट र अर्थमन्त्रीका आर्थिक सल्लाकार तथा लघुबित्त बित्तीय संस्था सुपरिवेक्षण बिभागका कार्यकारी निर्देशक डा। प्रकासकुमार श्रेष्ठ सहित ४ कार्यकारी निर्देशकको नाम डिपुटी गर्भनरका लागि सिफारिस भएको थियो ।
नेपाल राष्ट्र बैंक ऐनअनुसार गर्भनरले नेपाल राष्ट्र बैंकको १७ विभागका बिभागिय प्रमुखहरु मध्येबाट ४ कार्यकारी निर्देशकको नामा अर्थमन्त्री समक्ष सिफारिस गर्नुपर्ने व्यवस्था छ । गर्भनरले पठाएको नामका आधारमा अर्थमन्त्रीले उक्त नामलाई मन्त्रिपरिषद बैठक समक्ष पेस गरेपछी मन्त्रिपरिषदले २ जना डिपुटी गभर्नर नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ।
प्रतिक्रिया