एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्तको एकीकृत कारोबार चैत्र ८ बाट

बुधबार, २६ फागुन २०७७, ११ : ०६

काठमाडों - एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र ८ गतेदेखि एकीकृत कारोबार थाल्ने भएका छन् ।

दुई लघुवित्त बीच गत साउन ३२ गते एक आपसमा गाभ्नेरगाभिने सम्झौता भएको थियो । यो सँगै अब एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिमटेडको नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो ।

दुई संस्था १००ः९४ को शेयर आदान प्रदान अनुपात (स्वाप रेसिया) मर्ज भएका हुन् । मर्जरपश्चात बन्ने एकीकृत संस्थाको केन्द्रीय कार्यालय हाल स्वदेशी लघुवित्तको इटहरी उपमहानगरपालिका वडा नं। ९ मा रहेको सुनसरी जिल्लामा रहनेछ ।

एकीकृत कारोबारको लागि दुबै संस्थाको तथ्याङ्क एकीकृत (डाटा माइग्रेसन) गर्ने कार्यको लागि चैत्र ६ गते शुक्रबार दुवै संस्थाको सम्पूर्ण सेवा बन्द हुने जनाइएको छ ।

बुधबार, २६ फागुन २०७७, ११ : ०६

प्रतिक्रिया