काठमाडौं - एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले एक सुचना जारी गर्दै ३ लाख ७ हजार ५ सय ५७ कित्ता संस्थापक सेयर बिक्री गर्ने जनाएको छ ।
कम्पनीका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई उक्त सूचना मार्फत जानकारी गराइएको कम्पनीले जनाएको छ ।
सेयर खरिद गर्न इच्छुक भएकाहरुले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर कम्पनीको केन्द्रिय कार्यालय मैतिदेवी, काठमाडौँमा निवेदन दिन कम्पनीले आग्रह गरेको छ ।
प्रतिक्रिया